शैक्षिक विकास

शैक्षिक विकास
शैक्षिक विकास कार्यक्रम -छात्रवृति सहायता कार्यक्रम

शिक्षा विकास कार्यक्रम:

मानव बेचबिखन र हिंसको उच्च जोखिममा रहेका छात्राहरुलाई छात्रवृति कार्यक्रम मार्फत उनीहरुको शैक्षिक गुणस्तरमा सुधार गरी जीवन सम्मृद्धिमा सहायता पुर्याउनु शिक्षा विकास कार्यक्रमको मुख्य लक्ष्य हो । संस्थाले हालसम्म चितवन जिल्ला अन्तर्रगत भरतपुर महानगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका र अन्य जिल्लाका केही स्थानहरुमा शिक्षा विकास कार्यक्रम अन्तर्रगत मानव बेचबिखन र हिंसामा परेका तथा उच्च जोखिममा रहेका छात्राहरुलाई छात्रवृति कार्यक्रम मार्फत उनीहरुको शैक्षिक गुणस्तरमा सुधार गरी जीवन सम्मृद्धिमा सहायता पुर्याउने उद्देश्यका साथ छात्रवृति वितरण कार्यक्रम संचालन गर्दै आएको छ । विशेषत कक्षा ७ देखि कक्षा १२ सम्मका छात्राहरु बिभिन्न कारणले विद्यालय छोड्ने र बेचबिखनमा पर्ने सम्भावना रहेकोले यस्तै उमेर समूहका छात्रfहरुलाई लक्षित गरी छात्रवृतिको कार्यक्रम संचालनमा ल्याएको हो ।

शिक्षा विकास कार्यक्रमको उद्देश्यहरुः

* छात्रवृति प्रदान गरी शिक्षा आर्जनको निरन्तरतामा सहायता गर्नु ।

* छात्राहरुको गुणस्तरीय र उत्कृष्ठ शिक्षाको लागि सहजीकरण गर्नु ।

* अभिभावकको जीविकोपार्जनमा सहजीकरण गर्नु ।

* मानव बेचविखन र हिंसा विरुद्ध जनचेतना अन्तरगर्त समुदाय र विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।

छात्रवृतिको लागि छनौटका आधारहरु चेली नेपालद्धारा छात्रा विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति सहयोग कार्यक्रमका लागि छात्राहरुको छनौट गर्दा निम्नलिखित आधारहरु तय गरिएको छ:

१. कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययनरत अथवा पढाई छोडेका तर पढ्न ईच्छुक ।

२. आर्थिक रुपमा पछाडि रहेका ।

३. मानव बेचबिखन तथा लैङ्गिक हिंसाबमाट प्रभावित ।

४. अभिभावक गुमाएका ।

५. विखण्डित परिवारका सदस्य ।

६. प्राकृतिक प्रकोपबाट पीडित ।

७. दलित, जनजाति तथा समाजमा पछाडि परेका वर्गलाई प्राथमिकता ।

८. सामाजिक रुपमा पछि पारिएका र कुनै निकायबाट सहयोग प्राप्त नगरेका छात्राहरु ।

छनौट प्रक्रिया

* छात्रवृति सहायताको लागि सम्बन्धित स्थानीय सरकार, विद्यालय, स्थानीय संघ संस्थाको सिफरिसमा आवश्यकतामा परेका समुदायको छानौट ।

* सम्बन्धित स्थानीय सरकार/वडा कार्यालय, विद्यालय र स्थानीय सामाजिक संघ संस्थाहरुसँगै आवश्यकताको सर्वेक्षण गर्ने ।

* विद्यालय, वडा तथा अन्य सामाजिक संघ संस्थाको प्रतिनिधिहरुको सहभागगितामा सम्बन्धित समुदायका छात्राहरुको व्यक्तिगत विवरण तयार गर्ने ।

* छात्राहरुको व्यक्तिगत विवरणको आधारमा संस्थाको छात्रवृति कार्यक्रमको लागि छानैट गर्ने र मापदण्डमा परेका छात्राहरु मध्ये अति जोखिममा रहेका * * छात्राहरुलाई छानौट गरी छात्रवृति कार्यक्रममा समावेश गर्ने ।

* छानिएका छात्राहरुको व्यक्तिगत विवरण तयार गरी छात्रवृति सहयोगको लागि सम्बन्धित आर्थिक साझेदारी संस्थामा पेश गर्ने ।

* साझेदारी संस्थाबाट स्वीकृत भएपछि छात्रवृति सहायता गर्ने ।

* छात्रवृति प्राप्त छात्राहरुको अभिभावकको अवस्था र रुची अनुसार परिवारको आयआर्जनको लागि व्यवसायको सम्भावना अनुसार आर्थिक सहायता गर्ने ।

समययावधि छनौटमा परी छात्रवृति प्राप्त गरेका छात्राहरुले चौमासिक रुपमा छात्रवृति सहयोग प्राप्त गर्छन् । एकपटक छनौट भएका चेलीहरुले कम्तीमा एक वर्ष लागि छात्रवृति सहयोग प्राप्त गर्न सक्छन् । एक वर्षको अवधिमा संस्थाले छात्रवृति प्रदान गरेका छात्राहरुको अध्ययनको निरन्तरता, पढाईको स्तर, छात्राको अभिभावकको आर्थिक अवस्था, संस्थाको आर्थिक अवस्था र योजना आदिको आधारमा जतिसक्दो लामो समय तथा कम्तीमा कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने गरी छात्रवृतिको निरन्तरता दिईने छ । यस वर्ष चेली नेपालको पूर्णकालिन छात्रवृति (आवसीय सेवा सहित) अध्ययन गर्ने छात्राहरु १० जना रहेका छन् भने अन्य छात्रवृति प्राप्त गरेका छात्राहरुको संख्या २४० जना रहेको छ । कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययनरत बेचबिखनको उच्च जोखिममा रहेका छात्राहरुले यो सुविधा प्राप्त गरी अध्ययनलाई निरन्तरता दिन सकेकोमा अभिभावकहरुले खुशी व्यक्त गरेका छन् ।