चेली शसक्तिकरण - व्यवसायी सीप तालिम

बिभिन्न स्थनीय संघसंस्था तथा स्थनीय सरकार बाट सिफारिस भई छनौट भएका बेचबिखन र हिंसामा परेका तथा उच्च जोखिमा रहेका प्रभावित छोरीहरुलाई तपसिलका आयमूलक, प्राविधिक व्यवसाय सीप विकास तालिम प्रदान गरिन्छ ।

१. सिलाई कटाई व्यवसाय सीप तालिम : सिलाई कटाइको ज्ञान र सीप प्रदान गरी व्यवसायिकरण, वजारीकरण तथा रोजगारको अवसर प्राप्त गर्ने सीप तथा दक्षता विकास गर्ने । ६ महिने एड्भान्स र २ महिने मार्केट प्लेस तालिम पश्चात व्यवसाय तथा रोजगारीको लागि सहायता

२. व्यूटीपार्लर र जेन्स हेयरकट व्यवसाय सीप तालिम:  व्यवसायिक व्यूटीपार्लर तथा शैलुन ज्ञान र को सीप प्रदान गरी व्यवसायिकरण, वजारीकरण तथा रोजगारको अवसर प्राप्त गर्ने सीप तथा दक्षता विकास गर्ने । ६ महिने एड्भान्स र २ महिने मार्केट प्लेस तालिम पश्चात व्यवसाय तथा रोजगारीको लागि सहायता

३. हाउस वाईरिङ्ग तथा विद्युतिय जडान व्यवसाय सीप तालिम :  हउसवाईरिङ्ग तथा ईलेक्ट्र«ीकल मर्मत तथा संभारको ज्ञान र सीप प्रदान गरी व्यवसायिकरण, वजारीकरण तथा रोजगारीको अवसर प्राप्त गर्ने सीप तथा दक्षता विकास गर्ने । ६ महिने एड्भान्स र २ महिने मार्केट प्लेस तालिम पश्चात व्यवसाय तथा रोजगारीको लागि सहायता

४. फाष्टफूड (पाक शिक्षा) व्यवसाय सीप तालिम :  पाक शिक्ष (फास्टफुड) को सीप प्रदान गरी व्यवसायिकरण, वजारीकरण तथा रोजगार प्राप्त गर्ने सीप तथा दक्षता विकास गर्ने । ३० दिन देखि ९० दिनसम्मको तालिम र ५ दिनदेखि १५ दिनसम्मकोे मार्केट प्लेस तालिम पश्चात व्यवसाय तथा रोजगारीको लागि सहायता ।