समाचार

हाम्रो समाचारहरु हेर्नुहोस्
Education
समुदायमा चेली नेपाल : अभिभावकलाई सीप, छोरीलाई शिक्षा

छात्रवृत्ति पाएकी कालिका नगरपालिकाकी सविना बोम्जनकी आमा उषामाया बोम्जन गलैँचा बुन्ने काम गर्छिन् । यसअघि घरायसी काम गरेर समय बिताउने गरेकी उनलाई अहिले गलैँचा बुन्ने कामको व्यस्तता छ । आर्थिक अवस्था कमजोर हुँदा पाएको दुःख बिस्तारै भुल्दैछिन् उनी । उनलाई आर्थिकरुपले सक्षम बनाउने क्रममा चेली नेपालले सहयोग गरेको छ ।

https://echitwanpost.com/228435/2023100607/34/02/


None
वार्षिक साधारण सभा २०८०

वार्षिक साधारण सभा २०८०

२०८० भाद्र २९ गते चेली नेपालको नवौं वार्षिक साधारण सभा तथा वार्षिक सामाजिक लेखापरीक्षण सम्पन्न भयो । संस्थाको कार्य क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, लाभान्वितहरुका प्रतिनिध, आर्थिक साझेदारी संस्थाका पदाधिकारी तथा बिभिन्न सामाजिक संघसंस्थाका प्रतितिनिधिहरुको उपस्थित रहेको थियो ।


यस समारोहामा संस्थामा रही यस वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने ४ जना कर्मचारीहरु श्री लक्ष्मी हमाल, श्री मिनमाया तामाङ्ग, भुवल राना (रमेश राना) र सागर दुबेलाई मायाको चिन्ह सहित नगदद्धारा सम्मान गरिएको थियो । 

अध्यावधि
सचेतनामुलक तिज गीत प्रतियोगीता कार्यक्रम २२ भाद्र, २०८०

सचेतनामुलक तिज गीत प्रतियोगीता कार्यक्रम २२ भाद्र२०८०


भरतपुर महानगरपालिका वडा नं. ५ वडाकार्यालय र आफन्त नेपालसँगको सहकार्यमा २०८० भाद्र २२ गते  महिला अधिकार र शसक्तिकरणः हाम्रो साझा सरोकार विषयमा सचेतनामुलक तिज गीत प्रतियोगीता कार्यक्रमको आयोजना गरियो । ५ नं. वडाका २२ वटा टोल सुधार समूहबाट सहभागीता रहेको सो कार्यक्रममा एक हजार दुईसय जनाको उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागी पहिलो, दोस्रो, तेस्रो र २ वटा सान्त्वना स्थान प्राप्त गरेका प्रतियोगीहरुलाई नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।

Education
SEE Graduated Students - Orientation

यस संस्थाद्धारा संचालित शिक्षा विकास कार्यक्रम अन्तर्रगत छात्रवृतिको सहयोगमा अध्ययन गरी माध्यममिक शिक्षा परीक्षा (Secondary Education Examination-SEE) मा उतीर्ण भएका मध्ये कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिका अन्तरगतका विद्यालयका छात्राहरुलाई १ दिनको वृतिविकास र लक्ष्य निर्धारण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको सम्पन्न गरियो । जीवनको लक्ष्य के हो ? लक्ष्य पूरा गर्न कुन विषय लिएर पढ्ने? केके विषय पढ्दा केके बन्न आधार बन्न सक्छ भन्ने बारेमा छलफल गरियो । २८ जना सहभागी रहेका छात्राहरुले अब मैले ११ र १२ कक्षामा के विषयमा पढ्ने भन्ने कुरामा अलमल भएको थियो सो बारे प्रष्ट भयो भन्ने अभिव्यक्ति दिएका थिए । सफल सबै छोरीहरुलाई वधाईका साथ सफल भविष्यको कमना ।

None
Congratulations कल्पना वि.क.

यस तालिम केन्द्रमा ईलेक्ट्रीकल तथा हाउस वाईरिंगको तालिममा सहभागी कल्पना वि.क. ले  Secondary Education Examination-SEE मा ३.१ ग्रेड ल्याई उतीर्ण गरेकोमा वधाईका साथ उच्च शिक्षा हासिलको लागि शुभकामना । 

None
Congratulations Manisha Kami

ट्यूसन सेन्टरमा अध्ययन गरी Secondary Education Examination (SEE) को परीक्षामा सामेल भएका ८ जना छात्राहरु मध्ये ७ जना छात्राहरु उतीर्ण भएका छन् भने १ जना छात्रा २ वटा विषयको मौका परीक्षामा परेकी छन् ।  सफल छात्राहरु मध्ये मनिसा कामी विद्यालयको सर्वश्रेष्ठ तहमा पर्न सफल भएकी छन् । सफल सबै छात्राहरुलाई हार्दिक वधाईका साथ थप उच्च शिक्षा हासिल गर्न पूर्ण सफलताको कामना ।