केन्द्रीय कार्यालय, भरतपुर ५, प्रेमबस्ती, चितवनमा रहेको छ । हाल भरतपुर महानगरपालिका लगायत कालिका नगरपालिका र माडी नगरपालिकामा कार्यरत छ ।
चेली नेपाल जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भइ बेचबिखन तथा हिंसामा परेका र उच्च जोखिमममा रहेका चेलीहरुको सशक्तिकरण, व्यवसायिक पुनस्र्थापना एवम् शिक्षाको अवसरको सिर्जना गरी उनीहरुलाई समाजमा सम्मानजनक जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यका साथ व्रिmयाशील सामाजिक संस्था हो । यस संस्थाले “चेली सशक्तिकरण कार्यक्रम” मार्फत मानव बेचबिखन र हिंसामा परेका र उच्च जोखिममा रहेका महिला तथा किशोरीहरुलाई आवसीय रुपमा व्यवसायिक र सामाजिक नेतृत्व सीप विकास तालिम प्रदान पश्चात व्यवसाय संचालनमा सहयोगका साथ परिवारमा पुनर्एकीकरण गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
चेली नेपालले मानव बेचबिखन र हिंसामा परेका तथा उच्च जोखिममा रहेका महिला र किशोरीहरुलाई आत्मनिर्भर बनाउन र जोखिम रहेका शिक्षाको अवसर नपाएका किशोरीहरुलाई शिक्षाको अवसर प्रदान गर्ने ।
चेली नेपालले मानव बेचबिखन र हिंसामा परेका र उच्च जोखिममा रहेका किशोरी तथा महिलाहरुको लागि काम गर्छ ।